सजिएछाै बेहुलीझै छठ मनाउनलाई
यस्तै रुपमा हेर्न पाउँ सधै तिमीलाई
जनकपुरकाे सान तिमी रङ्गीन छ मुहार
शान्त र शालीन तिमी नाम हाे धनुष-सागर...
तराईका जिल्लाहरुमा हर्षोल्लासका-साथ छठ-पर्वकाे तयारी हुँदै थियाे। नदी, ताल, तलाउ र कुण्डहरु सिङ्गारिदै थिए। जनकपुरमा रहेका सबै कुण्डहरु पनि सु-सज्जित थिए। मैथिली सभ्यताको केन्द्रबिन्दु, हिन्दू धर्मावलम्बीहरूका-लागि एक महत्त्वपूर्ण आध्यात्मिक स्थल जनकपुरधाममा धेरै ताल, तलाउ र कुण्डहरु छन्। त्यसैले त याे उखान प्रख्यात छ - "५२ कुटी, ७२ कुण्डा, सुरमुनि सब नावहि मुण्डा।" ७२ कुण्ड मध्यकाे एक हाे धनुष-सागर।

रात्रिकालीन समयमा धनुष सागर हेर्दा लाग्थ्यो, नव दुलही अगाडि उभिएकी छिन्। वरिपरिका झिलिमिली रङ्गीन बत्तीको छाँयामा, धनुष सागरको त्याे प्रतिविम्ब जाे काेहीलाई पनि माेहनी लगाउन सक्थ्याे। वरिपरिका प्रतिविम्बित दृश्यहरु सागरसंगै लहराईरहेका थिए। मन्द चलेकाे बतासमा भजनकाे मिठाे धुन गुन्जिरहेकाे थियाे।

1 Comments
Superb !!.keep writing Bhai....love reading your post...
ReplyDelete