प्रकृतिसंगकाे प्रेमले भनुँ वा यात्रारुपि यी पाईलाहरुकाे वेगले भनुँ प्राकृतिक सुन्दरतामा रम्न-रमाउन असाध्यै मन पर्छ। यसै क्रममा मनभित्रकाे मनाेभावले मस्तिष्कलाई पुनः प्रकतिमा हराउने भाव जगाउँछ र मेरा पाईलाहरु छट्पटाउछन्। यीनै छट्पटाहट मेट्न मेरा पाईलाहरु नेपालकै सुन्दर र रमणीय क्षेत्र डाेल्पा जिल्लाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज-तिर लम्कन्छन्।
प्राकृतिक सुन्दरतामा हराउँदै थकित पाईलाहरु जब शे-फोक्सुण्डो ताल अगाडि राेकिन्छन्, लाग्छ स्वर्ग अगाडि उभिएको छु। निलाे आकाश मुनिकाे निलाे ताल, वरिपरि हरियाली र छेवैमा सेता हिमाल मनै लाेभ्याउने दृश्य मस्तिष्ककाे स्टाेरेज डिभाईसबाट हराउला भनेर झाेलाबाट क्यामरा झिकेर मनमाेहक दृश्य कैद गर्न थाले।
समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा रहेकाे याे ताल नेपालको सबभन्दा गहिरो ताल हो। यस तालको लम्बाई ४.८ कि.मी., चौडाई १.६ कि.मी. र गहिराई ६५० मीटर छ। काञ्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। सुन्दर र शान्त याे तालमा मेरा तनले नसके पनि अनेकाै पटक मनले डुबुल्कि मारिरहेँ र यात्राका ती कठीन पलहरु हराउँदै गए।

10 Comments
Atti Sundar....
ReplyDeleteReally?
Deleteman xune yatra ko katha .Afai pugera aako anubhuti hune
ReplyDeletehamro pani yaha-lai yastai thau-ma ghumaune soch xa...
DeleteBabl dai ❤️❤️❤️
ReplyDeletethank you...
DeleteBabl dai ❤️❤️❤️
ReplyDeleteGreat 👌
ReplyDeleteReally...?
DeleteYou're amazing mama!
ReplyDeletekeep writing more
Keep going ��❤️