प्राकृतिक-लक्ष्य

गह्रुँगो भारी र आन्नदित मन बाेकेर यी यात्री आफ्नाे लक्ष्य तर्फ उन्मुख थिए। प्राकृतिक सुन्दरता र लोभलाग्दो मनमाेहक दृश्यले मनमा राज गरेकाले हाेला; उनको शरिरले थकान र भारीकाे गह्रुँगोपना बिर्सिएको हुनसक्छ। हरियाली जंगल तथा सुन्दर स्थानीय बस्तीहरु अवलोकन गर्दै अघि बढेका यी यात्रीका पाईला, शायद लक्ष्यमा पुगेर मात्रै राेकिने छन्। लक्ष्य एउटै भएकाले हाेला, मेरा पाईलाहरुले पनि यी यात्रीका पाईलालाई पछ्याउँदै थिए। 
विश्वभरी नै वाहवाही बटुल्न सफल, याे पदमार्गमा आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढ्दो क्रममा छ। यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, हिमचुली, मनास्लु लगायत हिमाल देखिन्छन् । बढीमा एक हप्तामा सम्पन्न हुने छोटो एवम् स्वीट ट्रेकिङ रुट भएकाेले हाेला, याे पदमार्ग सबैकाे राेजाईमा परेकाे छ।
Machhapuchchhre
माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राखेर खिचिएकाे याे तस्वीर अन्नपूर्ण सर्किट पदमार्गकाे सबैभन्दा कान्छो रुट, मार्दी हिमाल बेसक्याम्पको रुटबाट लिएकाे हाे।

0 Comments