राताे मछिन्द्रनाथ रथयात्राकाे अन्तिम अनि भाेटाे देखाउने दिन, नगरपालिकाले अतिथि स्वागतकाे-लागि रथ वरिपरि सरसफाई गर्दै थियाे। पानीकाे फाेहाेराले सरसफाई गर्ने कार्य चलिरहेकाे थियाे। जात्रा हेर्ने,भाेटाे देखाउने तथा फाेटाे खिच्ने सबै जना लगभग पुगिसकेका थिए। केवल कमी थियाे त विशिष्ट अतिथिकाे। भाेटाे देखाउन अझै केही घण्टा बाँकि थियाे। भीडभाड हुने र फाेटाे खिच्ने राम्राे ठाउँ नपाईएला कि भनेर हामी अगाडिदेखि नै त्यहाँ पुगेका थियाैं। सरसफाई टाेलीले रथ वरपरका सबैलाई हटाउँदै थियाे। पानीले भिजिएला कि भनेर हामी पनि साइड लाग्यौं। साथै सरसफाईका केही फाेटाेहरु खिच्न थाल्यौं। विशिष्ट अतिथिकाे आगमन संगै जात्राकाे पूर्वनिर्धारित कार्यक्रमहरु सुरु भयाे। सबैले आ-आफ्नाे कर्तव्य पूरा गरे। हाम्राे पनि कर्तव्य थियाे फाेटाे खिच्ने। खिच्यौँ।
सरसफाईकाे क्रममा पानीकाे फाेहाेरा हान्दै गर्दा लिएकाे याे तस्वीर राताे मच्छिन्द्रनाथ-रथकाे अगाडि रहेकाे नीलवर्ण भैरवकाे हाे।

0 Comments