माेती-लहर

भर्खर सिमसिम पानी परेर राेकिएकाे थियाे। बादलुकाे घुम्टाे उघारी सूर्य पनि चियाउदै थियाे। आकाश कालाेबाट निलाे हुदैं गईरहेको थियो। रुखका पातबाट पानीका  थाेपासंगै आन्नदका अनुभूति पनि चुहिदैं थिए। प्रकृति प्रेमीहरुका-लागि, याे समय एउटा अमूल्य क्षण थियाे। पानीले रुझेका चराहरु चिरबिराउँदै उड्दै थिए। स-साना घाँसहरुमा पानीका थाेपाहरु माेतीझैँ टल्केका थिए। मिल्ने भए कतिले यही माेती टिपेर माला बनाई आफ्नाे शरीरकाे शोभा बढाउथे हाेलान्। म त्यही माेती दाना बटुल्न भाैतारिएँ। थाहा थिएन कसरी याे माेती दाना टिपुं; र पनि भौंतारी रहेँ।
Makura ko Jalo

डुल्दा-डुल्दै केही पर माकुराकाे जालाेमा सवेरै परेकाे पानीकाे थाेपा उन्निएर सुन्दर माला बनेकाे देखें। हजारौं थाेपाहरुले सुसज्जित याे जालाेकाे माेती-लहर माला मिल्ने भए टिपी दिन्थें। हातले टिप्न नसके पनि मैले उक्त माेतीमाला आफ्नाे क्यामेराकाे साहायताले टिपें। सोही साँझ आफ्नाे फेसबुकको टाईमलाईन सजाए। आज ब्लगको पोस्ट।

0 Comments