क्यानभास

राजधानी काठमाडौंबाट केही घण्टाकाे यात्रामा पुग्न सकिने काभ्रेपलान्चोक जिल्ला अत्यन्तै रमणीय छ। यहाँका रमणीय दृश्यमा रमाउन आन्तरिक र बाह्य पर्यटकहरुकाे घुईंचो लाग्ने गर्दछ। दशैं बिदामा गाउँ आएकाे बेला मलाई पनि गाउँघर घुम्ने रहर लाग्छ र गाउँ डुल्न निस्कन्छु।
Karvrepalanchok

खेतमा धानका बाला झुल्दैं थिए भने बारी ताेरि र आलुले सजिएका थिए। यस्तै सु-सज्जित दृश्य मेरा आँखाले देखिहाले। पारी डाँडामा  पहेलपुर फुलेकाे ताेरी, लहलहाउँदो हरियाे आलुकाे बाेट र चिटिक्क परेका बारीका पाटाबीच रहेकाे त्याे घर देख्दा लाग्थ्याे कुनै चित्रकारले रङ्गीन-रङ्गहरुले आफ्नाे क्यानभास सजाएकाे छ। त्यस्तो कुनै शब्द छैन जसले याे सुन्दर दृश्यकाे वर्णन गराेस्। खै! कहाँबाट सुरु गरौँ प्राकृतिक सुन्दरताकाे बयान कवि भए कविता काेरिदिन्थें, रवि भए चुमिदिन्थें तर म त यात्री थिएँ। केवल मनाेभावमा डुबिदिएँ। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस्ता दृश्यहरुले कसको मन नलाेभ्याउँला र?

0 Comments