चालक-दाई

साैराहा (चितवन) सायद सबैले नाम सुनेकै हाेला। त्यसमाथि राप्ती नदीमा डुङ्गा सयर गर्दै कञ्चन पानीकाे स्पर्श नर्गने विरलै हाेलान्। चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने सबैले राप्ती नदी किनारमा आफ्नाे केही अमुल्य समय व्यथित गरेकै हुन्छन्। आगन्तुकहरुकाे अमुल्य समयलाई मूल्यवान बनाउन राप्ती नदी निस्वार्थ लागिरहेकी छिन्। आगन्तुक संग-संगै राप्तीले कयौं मानिसहरुकाे जिविकाेपार्जन समेत गराई रहेकी छिन्। ती मध्य एक हुन्, त्यहाँका डुङ्गा चालक जसको राप्तीसंग प्रेमिल नाता छ। जाे साैरहा घुम्न आउने आगन्तुकहरुलाई राप्ती नदीमा डुङ्गा सयर गराई त्यहाँकाे मनमाेहक दृश्यावलाेकन गराउँछन्।

Sauraha,Chitwan


हाे यी तिनै डुङ्गा चालक-दाई हुन्। जाे सूर्यकाे सन्ध्याकालीन किरणहरुले राप्तीलाई स्पर्श गरेता  पनि आगन्तुकलाई कुरिरहेका छन्। साँझपख शान्त र शालीन राप्तीमा त्यो समयको यो दृश्य अतिनै मनमाेहक देखिएको  थियाे।

4 Comments