लुम्बिनी र एक गल्ती

शान्तिका प्रतीक गाैतम बुद्ध जन्मस्थल लुम्बिनी एकचाेटि पुग्नै पर्ने ठाउँ हाे। हामीले पनि त्यहाँ जाने निधाे गर्यौं। २०७३ सालकाे बिदाई र २०७४ साललाई स्वागत् गर्न हामी स्कुले साथी केसव वाग्ले, ज्ञान कुमार श्रेष्ठ र म लाग्यौं लुम्बिनीकाे यात्रामा। दस वर्षे स्कुले जीवन संगै बिताएका हामी, त्यस समय पछिको याे पहिलाे लामाे यात्रा थियाे हाम्रो। मार्केटिङकाे शिलशिलामा केसवले लगभग नेपालका सबै जिल्ला पुग्ने अवसर पाएकाे हुनाले हाम्राे यात्राकाे सम्पूर्ण जिम्मेवारी उसैले लिएकाे थियाे। शान्त र शालीन यस भूमिमा हामीले पहिलाेचाेटि पाईला टेकेका थियौं। मायादेवी मन्दिरबाट शुरु भएकाे हाम्राे अवलोकन कार्य विभिन्न देशले आफ्नाे देशकाे माैलिकता झल्किने  गरी बनाएका  बाैद्ध स्तुपाहरु घुम्दै दिन बित्याे। विभिन्न घटनाक्रम सम्झाउने बुद्धको जीवनीसँग सम्बन्धित तस्वीर र मूर्तिहरू हेर्दै हामी अघि बढी रहेका थियाै । मूर्तिकला र चित्रकला ले भरिपूर्ण स्तुपाहरुमा फाेटाे खिच्न मनाही लेखिएकाे देखिन्थ्याे।

Lord Buddha
सायद यहाँकाे कलाकाैशल नबाहिरियाेस् र यसभित्रकाे रहस्य, रहस्यमै रहाेस्; भनेर हाेला फाेटाे खिच्न बन्देज लगाईएकाे थियो। र बन्देज आज पनि यथावत् नै होला। क्यामेराले यो फोटो लिईसकेपछि थाहा पायौं। एक माफी त भगवानले दिनु नै हुनेछ।

0 Comments