फूल वालपेपरकाे

मार्दी हिमाल ट्रेकिङकाे क्रममा, म र मेराे तीन जना साथी हाईक्याम्पकाे हाेटेलमा आफ्नाे झाेला राखेर भ्यु-पाेईन्ट तिर लाग्दै थियौँ। बाटाे अलिक अप्ठ्यारो भएकाेले सबैजना बिस्तारै उक्लिदै थियौँ। केही घण्टाकाे यात्रापछि हामी भ्यु-पाेईन्टमा पुग्यौँ। भ्यु-पाेईन्टबाट मार्दी हिमाल तथा अन्य हिमालहरु नदेखिएपछि निरास हुँदै; चिया पसलमा थकाइ मार्दै चिया खान थाल्यौं। चिया साह्रै महङ्गो थियाे। कालाे चिया एक कपको  २०० रुपैयाँ मात्र। भ्यु-पाेईन्टबाट केही भ्यु देखिन्छ कि भनेर हामी बाहिर बसिरहेका थियौँ। चिसाे बतासकाे सिरेटोले शरीरकाे ताताेपना सेलाउँदै थियाे। त्यतिकैमा हावामा केही उडेर आएकाे देखें। पहिले त हिउँ हाे कि भन्ने लागेर हामी सबै खुशी भयौं। तर त्याे त हिउँ नभएर कुनै फूको भुवा रहेछ। मलाई त्याे भुवा कहाँबाट आयाे?कस्ताे हुन्छ? भनी हेर्न काैतुहुलता जाग्याे र लागें फू खाेज्न। भिरालो डाडाँ त्यसमाथि चिसाे बतास निकै संघर्ष गर्नुपर्याे। बल्लतल्ल उक्त फूल भेटें। फू देख्ने बित्तिकै दिमाखमा सामसुङ ग्यालेक्सी सेरीज माेबाईलको  वालपेपरकाे झ-झल्काे आयाे।

फूल वालपेपरकाे

फू निकै सानाे अनि ठाउँ पनि अप्ठ्यारो भएकाेले फाेटाे खिच्न केही समय लाग्याे। त्यतिबेला सम्म फूका दुई/चार वटा पत्र हावाले उडाई सकेकाे थियाे। मलाई पनि याे फू माेबाईलकाे वालपेपरमा राख्न मिल्ने फोटो खिच्न मन लाग्याे। धेरै कष्टका बावजूद खिचिएकाे याे फाेटाेले आजसम्म मेराे माेबाईलकाे वालपेपर सझिएकाे छ।

0 Comments