रङ्गीन नजरिया

बिहानीकाे मिर्मिरे उज्यालोले धर्तिमा पाईला टेकेसंगै, म पनि आँखा मिच्दै उठें। झ्यालबाट एक नजर बाहिर लगाएको मात्र के थिएँ, क्षीतीजको सुर्यले  मलाई जिस्काउँदै  रहेछ। आँखा अगाडि जेट विमान, पृष्ठभूमिमा सुर्यकाे मन्द मुसस्कानले, थाइल्यान्डको Don Mueang अन्तराष्ट्रिय एयरपोर्टकाे नजरिया नै रङ्गीन बनाएकाे थियाे। म भने साथिहरुसंग कम्बोडिया जानकाे-लागि आफ्नाे फ्लाइट कुरी बसेकाे थिएँ। भर्खरै बिउँएझेको म-मा, याे नजरियाले थप नयाँ उर्जा थपिदियाे। नयाँ उर्जाकासाथ रङ्गीन नजरियामा लिप्त हुन मलाई कत्तिपनि बेर लागेन। यतिकैमा साथीले बाेलायाे। हाम्राे फ्लाइटकाे टाइम पनि भएछ।
Don Mueang International Airport (DMK), Bangkok, Thailand
साथीहरु बाेर्डिङ् पासकाे-लागि गेट नं. पच्चीस तिर लागे मलाई भने याे रङ्गीन नजरियाबाट टाढा हुन मन थिएन। यद्यपि टाढिनु पर्ने बाध्यता थियो। एक स्न्याप लिएँ अनि आफ्नाे झाेला बाेकेर साथीहरुकाे पछि-पछि लागें।  त्याे रङ्गीन नजरिया बिस्तारै धमिलाे हुदै गयाे।

1 Comments