बिहानै उठ, घाँस दाउरा गर, अनि स्कुल जाउ। यस्तै छ गाउँले परिवेश । यी साना नानीहरुकाे हरेक बिहानी यसरी नै शुरु हुन्छ। करिब बिहानकाे ६ बजेकाे हाेला हातमा हँसिया र पिठ्युँमा डाेकाे बाेकेका यी पाईलाहरु रहरले हाे वा बाध्यताले हाे अगाडि बडिरहेका थिए। डाेकाे बाेकेर ऊनीहरु जङ्गल तिर लाग्दै थिए। याे देखेर मलाई पनि बालापनकाे याद आयाे। हामी पनि सानाेमा यसरी नै घाँस/स्याउला काट्न जङ्गल जान्थ्याै। लाग्छ यो नियम अपरिवर्तनीय छ। अझै गाउँघरकाे चलन उस्तै छ। साथी-संगी मिलेर यसरी हिड्दा रमाइलो हुन्छ। यही रमाइलोपनले हाेला यिनीहरुकाे अनुहारमा छुट्टै चमक थियाे। मङ्गाेलियन अनुहार अनि मुहारमा मन्द मुस्कान।
आहा! कति राम्रा नानीहरु। कुनै फिल्मका बालकलाकार भन्दा कम थिएनन्। त्यसैले फाेटाे खिच्ने मनसायले ऊनीहरुकाे अगाडि गए। तामाङ भाषामा खै के-के भन्दै लजाएर भागिहाले। म त्याे हँसिलाे मुहार क्याप्चर गर्न असमर्थ भएं।

3 Comments
These are the ones who are going to be a responsible person in future, because they know what is the real meaning of responsibility.
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeletesarai ramro xa
ReplyDelete