गन्तव्य

रङ्गिन साँझलाई पानीले अझ रङ्गीन बनाएकाे थियाे। माैसम र माहोल रमाइलो थियाे। हतार थियाे त केवल यात्रुलाई, गन्तव्यमा पुग्ने। म पनि आफ्नाे गन्तव्य पुग्ने हताराेमा थिए। र पनि  एकछिन त्यो सिमसिमे पानीमा भिज्दै, रमाइलाे माहाेलमा रम्न मन लाग्याे। जडिबुटी चाेककाे आकासे-पुलमा बसेर आउने/जानेकाे रमिता हेर्न थालें। पानी परेकाेले हाेला मानिसहरु छिटोछिटो गन्तव्य तिर लाग्दै थिए। म भने गन्तव्य बिर्सिएर गुडेका बस,बाईककाे लाईट र पानीले भिजाएकाे राेडमा हराउन थाले। चिसाे माैसम अनि न्यानाे आन्नदले हाेला, काेलाहल र भिडभाड सहर पनि रमाइलो लाग्याे। बिस्तारै साँझ ढल्किदै अंधेराे बढ्दै गयाे।
Koteshwor, Jadibuti
रमाइलो माहाेलमा रमाई रहेकाे म, फाेनकाे घण्टीले झस्कें। फाेन घरबाट दिदीले गर्नु भएकाे रहेछ। सायद मेराे घर पुग्ने समयले नेटाे काटेर हाेला। मेरो गन्तव्य नजिकै भएकाले दिदीकाे फाेन काटेर अरु यात्रीका गन्तव्य पुग्ने हताराेलाई क्यामरामा कैद गर्दै म पनि आफ्नाे गन्तव्य तिर लम्किए।

0 Comments