बिजुली-बत्तीको ताँती

एउटा बारीकाे कान्लामा सेता साना च्याउ टन्नै उम्रिएका रहेछन्। खानयाेग्य हाे वा हाेईन मेराे ज्ञानले भ्याएन। याे च्याउबारे जान्ने मनमा उत्सुकता जाग्याे। संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पाईंदो रहेछ । तीमध्ये एक हजार जातका विषालु, दुई हजार जातका खान योग्य र २०० जातका औषधीयुक्त गुण भएका पाइएका छन् भने ६ किसिमका च्याउ अद्वितीय गुणले भरिपूर्ण छन्। च्याउ फूल नफूल्ने वनस्पति अन्तर्गत पर्दछ। च्याउ जातका बिरुवाहरु फन्जाई वर्गमा पर्दछन्। यो एक प्रकारको ढुंसी हो। वर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली ठाउँहरुमा समेत च्याउहरू प्रशस्त उम्रने गर्दछ। लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरूमा खानयोग्य र विषालु छुट्याउँन गार्‍हो पनि हुन्छ। कुन च्याउ खानयोग्य र कुन विषालु हुन्छन् भन्ने छुट्याउँन, मानिसहरू परम्परागत ज्ञानको प्रयोग गर्छन्। तर कतिपय अवस्थामा यसले ठुलाे दुर्घटना निम्ताउँछ।
A flurry of electricity (Mushroom)

वर्षायाम शुरु भएसंगै विभिन्न थरिका च्याउहरु बारीका डिलमा र पाखामा उम्रिन शुरु भएकाे थियाे। मैले देखेकाे याे च्याउ खान  नहुने विषालु वर्गको रहेछ। च्याउ सम्बन्धि केही जानकारी हाँसिल गरी सकेपछि म च्याउ खाेज्दै वनपाखा डुल्न थालें र तिनीहरुकाे फाेटाे खिचें। त्यस मध्य याे-माथिको च्याउ हेर्दा बिजुली-बत्तीको ताँती जस्ताे देखिने च्याउ मलाईचाहिं अतिनै राम्राे लाग्यो।

0 Comments