Fibonacci-सट

असारकाे महिना, मनसुनले आगमन गरिसकेकाे हुनाले कृषकहरु खुशी हुने नै भए। ऊनीहरु मानो रोपेर मुरी फलाउने तिर लाग्दै थिए। एक महिना अगाडि राखेकाे धानकाे बीउ लह-लहाउँदो भएकाे थियाे। सबैलाई धान राेप्ने चटाराे थियाे। बाउसे र राेपाहारहरु गीत गाँउदै, हिलाे खेल्दै रमाउँदै थिए। हामी दुई/चार जना साथीहरु पनि यही रमाईलाेकाे मज्जा लिदैं थियौं। अचेल असारे गीतमा पुरानाे माैलिकपन हराएछ। पहिले जस्ताे असारे टुक्का सुन्न नपाएर मन अलिक खिन्न भयाे। सबै आ-आफ्नाे काममा ब्यस्त थिए। हामीमा भने कस्ताे फाेटाे खिच्ने? भन्ने उत्सुकता थियो। हिलाे र पानिबाट कसरी क्यामेरा जाेगाउने भन्ने चिन्ता बढेकाे थियाे। उत्साहित मन लिएर हामीहरु हिलाे खेतमा ओर्लियौं। काेही भिडियाे त काेही फाेटाे खिच्नतिर लाग्यौं। आ-आफ्नो ईच्छा र कम्पाेज अनुसारका फाेटाे खिच्न काेही बाउसेकाे त काेही राेपाहारकाे पछि लाग्यौं। म भने धानकाे बीउकाे मुठ्ठाकाे पछि लागेकाे थिए। जसले जताबाट बीउ फाल्छन् मेराे क्यामेराकाे लेन्सले त्यतै तिर ताक्थ्यो। सोँचे जस्ताे फाेटाे नआए तापनि मेराे तन, मन र ध्यान बीउ तिरै थियाे।

Fibonacci Symbol

यत्तिकैमा एउटा भाईले बीउकाे मुठ्ठा फाल्दै गरेकाे देखें। उसले बीउलाई पानी सहित घुमाउँदै फाल्दै थियाे। हत्त न पत्त मैले दिमाखमा एउटा कम्पाेजिसन सोँचे र पुनः त्याे भाईलाई त्यसरिनै धानकाे बीउ फाल्न लगाए। दुई/चार चाेटिकाे राम्राे प्रयास पछि अन्ततः Fibonacci - सट नै भेटें।

0 Comments