गाईजात्रा

हामी नेपाली, संस्कार र संस्कृतिमा अत्यन्तै धनी छौँ। हाम्रा  अनेकौं चाडपर्व र रितिरिवाज यसका ज्वलन्त उदाहरणहरु हुन्। विभिन्न समयमा मनाइने चाडपर्वहरुकाे आ-आफ्नाे माैलिकता रहेकाे छ। मानिसकाे जन्मदेखि मृत्युसम्म संस्कार चली नै रहन्छ। भाैगाेलिक संरचना, धर्म र जातजाति अनुसारका चाडपर्वहरु छुट्टाछुट्टै रहेका छन्। नेपालकाे कुल जनसंख्याको ५-६% जनसंख्या रहेकाे नेवार जातिले, लाग्छ नेपालकाे  ७०% कला-संस्कृति जाेगाएका छन्। पछिल्लाे समयमा याे समुदाय पनि आफ्नाे संस्कृतिहरुबीच केही पछि परेकाे अनुमान छ। यसजातिले मनाउने चाडपर्व मध्यकाे एक हाे गाईजात्रा
दिवङ्गत् आफन्तहरुको सम्झना तथा ऊनीहरूको आत्मशान्तिका-लागि हरेक वर्ष मनाईने याे जात्रा वि.स. १६४१ देखि १६६४ मा राजा प्रताप मल्लले आफ्नाे नाबालक छाेराकाे मृत्युपछि वियोगकाे कारण शाेकमा रहेकी रानीलाई फकाउन र 'मृत्यु कसैकाे अधीनमा हुदैन', भन्ने कुरा बुझाउँन  शुरु गरेका थिए। उनले आफ्नाे नाबालक छाेराकाे मृत्यु भएकाे वर्षभरिमा आफ्नाे राज्यमा मृत्यु भएका नागरिकहरुका आफन्तलाई गाईसहित रानीले देख्नेगरी आफ्नाे दरबार अगाडिबाट जात्रा लैजान आग्रह गरेका थिए। उक्त जात्रा देखेपछि रानीले यस्ताे शाेक आफुलाई मात्र न भै सबैलाई पर्ने थाहा पाएपछि आफ्नाे मन बुझाएकी थिईन। भक्तपुरका हरेक टाेलबाट निस्किएकाे जात्रा दरबार स्क्वायर परिसर हुँदै न्यातपाेल मन्दिर घुमाउँदै लगिन्छ।
Gai-Jatra, Bhaktapur

मन्दिर-अगाडि जात्रा हेर्नेकाे ठुलाे भीड थियाे। त्यही भीडकाे अगाडिबाट विभिन्न झाँकीसहित मृतकका सम्झनामा बनाईएकाे खटबाेकी आफन्तहरु अघि बढिरहेका थिए।

1 Comments