दस-अवतार

हातमा क्यामेरा लिएर म हनुमानढोकाकाे कुमारी घरअगाडि त्रैलाेक नारायण मन्दिर परिसरमा देखाइने दस-अवतार, जुन अवतारलाई  भगवान विष्णुको दस अवतारकाे रुपमा हेरिन्छ। यही अवतार हेर्न र फाेटाे खिच्ने मनसायले त्यहाँ पुगें, लाग्याे ठुलै जित हाँसिल गरें। मानिसहरुकाे भीड ठुलै  थियाे। मुस्किलले अगाडि पुगियाे फाेटाे खिच्न त परै जावस्, आफुलाई भीडमा टिकाई राख्न गाह्रो पर्यो। तैपनि बडाे संघर्षका साथ दुई/चार स्न्याप लिई हालें। अनि मनमा शान्ति छायाे।
साँझ घरमा आएर फाेटाे हेरें। दुई/तीन -वटा फाेटाे राम्रै आएछ।  मन झन्  गदगद भयाे । केही दिनपछि जात्रा नेपालले 'ईन्द्रजात्रा फाेटाे कम्पीटिशन' सुरु गर्याे। मैले पनि दस-अवतारकाे फाेटाे उक्त कम्पीटिशनमा पठाएं। 
Das-Avatar, Indra-Jatra
भनिन्छ परिश्रमकाे फल मिठाे हुन्छ। मेराे फाेटाेले दाेस्राे स्थान प्राप्त गर्याे।  साथै पाँच-हजार नगद पुरस्कार पनि। याे मेराे पहिलाे फाेटाे थियाे, जसले नगद पुरस्कार जित्याे ।

7 Comments