रानीमहल

भन्छन् मायामा संसार अडेकाे हुन्छ। माया बिनाकाे संसार  कल्पना गर्न पनि सकिदैन। हामी सामु मायाकाे धेरै उदाहरणहरु छन्। मुनामदन, राेमियाे-जुलियट्स लगायतका कथा, विश्व-प्रख्यात मायाकाे त्याग र बलिदानका प्रतीक हुन्। यस्तै प्रतीकहरु मध्यकाे एक कथा हाे, मायाकाे प्रतीकस्वरुप पाल्पाकाे रानीमहल। जनरल खड्ग शमशेरले आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनास्वरूप याे महल बनाएका थिए। 
Ranimahal, Palpa
वि.सं. १९५० मा शिलान्यास भई चार-वर्षमा, युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको याे महल नेपालकै ताजमहलकाे रुपमा चिनिन्छ। कालिगण्डकी नदी किनारमा अवस्थित याे महल अति नै सुन्दर छ। कालिगण्डकीकाे कलकल आवाज संगै सुसाएका बतासले महलकाे माहाेल मनाेरम बनाएकाे छ। माया गर्ने जाेडिहरुले एक पटक पुग्नै पर्ने याे ठाउँ पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम १३कि.मी.को यात्रा पश्चात् पुग्न सकिने रानीमहल, हाल पर्यटकीय सन्दर्भमा अत्यन्त महत्वमा रहेको छ।

2 Comments