श्वेत भैरव

काठमाडौं हनुमानढोका दरबार क्षेत्रमा कालभैरव मूर्तिको ठीक पछाडि काठको ठूलो आँखी-झ्यालभित्र रहेको ठूलो शिरयुक्त मूर्ति सायद हामी सबैले देखेका छौं होला। याे मूर्ति श्वेत भैरवकाे हाे। इन्द्रजात्राको गतिविधिसँग सम्बन्ध राख्ने भएकाेले भैरवकाे मूर्तिलाई इन्द्रजात्राका अवसरमा वर्षको एक पटक मात्र सर्वसाधारणको दर्शनकाे-लागि खुल्ला गरिन्थ्याे। अहिले भने याे प्रथा हटेकाे छ। लिच्छविकालमा प्रस्तरकलाबाट निर्माण गरिएको भैरवकाे मूर्तिलाई थुनेर राख्नुको प्रसङ्गसँग तत्कालीन राजा रणबहादुर शाहसँग जोडिएको पाइन्छ। किन थुनियाे भन्ने कुरा चाहिँ इतिहासमा  पढ्न बाँकि नै छ।

Bhairab
इन्द्रजात्राको अवसरमा श्वेत भैरवकाे दर्शन गर्नेहरुकाे भीड निकै नै थियाे। साँझकाे अँध्याराे संगै भीड पनि बढिरहेको थियाे। यीनै भीडबीच ब्रस-सट कम्पाेजिसनमा लिएकाे श्वेत भैरवकाे याे फाेटाेकाे वरिपरि रंगीन तरङ्गहरु देखिएका छन्।

0 Comments