पुतलीसडकमा मेराे आत्मिय मित्रकाे काेठा भएकाेले बिदाका प्राय: दिन हाम्राे जमघट त्यतै हुने गर्दछ। पैदल हिड्न मन पर्ने भएकाेले म हिडेरै कहिलेकाहीँ काेटेश्वरबाट पुतलीसडक सम्म आउने गर्थे। माईतिघर मण्डला उत्तरपूर्व स्वास्थ्य मन्त्रालयअगाडि फुटपाथमा केही फरक खालकाे पात भएको रुख छ। एकदिन हिड्दै जाने क्रममा, झरेका पातमा मेरा आँखा परे। उक्त पात क्यानडाकाे प्रमुख पात 'म्यापल-लीफ' रहेछ। यसलाई 'विन्टर-लीफ' पनि भनिने रहेछ। यी सबै पात सम्बन्धी जानकारी मैले साथीकाे काेठामा पुगेपछि मात्र थाहा पाएँ। त्याे बाटाे हिडडुल गर्ने सबैले सायद याे प्रजातिकाे पात देख्नु भएकाे हाेला। नभए पनि अबका दिनमा आउँदा/जाँदा ख्याल गर्नुहाेला।
प्राय: चिसाे ठाँउमा पाईने याे प्रजातिकाे रुख नेपालका अन्य स्थानमा पनि पाईन्छ रे। जाडाे महिनामा यी रुखका पातहरुले रंग फेर्दछन् । अरु पातहरु भन्दा केही फरक बनावट र रंगमा पाईने भएकाेले याे पातकाे आकर्षण साँच्चै नै बेग्लै छ।

0 Comments