दशैं शुरु भएकाेले गाउँघरकाे राैनक छुट्टै थियाे। फुलपातीका दिन गाउँका युवाहरु मिलेर पिङ हाल्ने कामतिर लाग्यौं। काेही बाँस काट्नतिर लागे। काेही गरालाे र काम्राे बनाउनतिर। हामी दुई-चार जना चाहिँ लिङ्गाे गाड्ने खाल्डाे खन्न थाल्यौं। पहिले गाउँकै ठुलाे काब्राेकाे रुखमा पिङ हालिन्थ्याे। यसपालि भने चाैताराे बनेकाले र अन्य विविध कारणले त्यस रुखमा पिङ हाल्न पाइएन। पिङ हाली सकेर सबैले पालै-पालाे खेलियाे। सानोमा हामी त्यही रुखमा हालेकाे पिङ खेलेर हुर्केकोले हाेला लिङ्गे पिङमा त्यति मज्जा आएन। आजकाल लङ्गुरबुर्जाकाे खाल अनि तास र पिङ खेल्नेहरुकाे जमात पनि कम हुन थालेछ।
म र भाई दिनभरी गाउँ डुलेर घाम डुब्ने बेलामा पुनः पिङ हालेकाे डांडामा गयौं। दुई-तीन जना बच्चाहरु पिङमा झुम्मिएकाे देखियाे। याे दृश्यले बालापनकाे यादहरुलाई ताजा गराईदियाे। माेबाइल निकालेर ती केटाकेटीहरुकाे फाेटाे खिचें। एकछिन तिनीहरु संग रमाईलाे गरेर दाजुभाइले एक-एक पटक पिङ खेलेर घरतिर ओरालाे लाग्यौं।

1 Comments
दशै को पिङ्गमा जुलेर रमाएको बालापन याद आयो 🤗😊
ReplyDelete