हाम्रो लोगो।

हाम्रो लोगो।

हाम्रो लोगो बनाउँदाको रमाइलो किस्सा एकचोटि पढुम ल।


म (शंकर), दीपक-सर र सन्तोष-सर, प्राय:जसो साँझमा जमघट हुने थलो भनेकै बागबजारमा रहेको सन्तोष-सरको अफिस हो। त्यो साँझ पनि हामी तीन भेला  भयौं। भेलाले मकालु पछाडिको जक्शनमा चियापान गर्ने निर्णय गर्यो। निर्णयले मकालुका सुरेन-सरलाई पनि सम्मिलित गराउने कुरा शत-प्रतिशत सदर गर्यो। मतान्तर विषय नरहेकोले सहजै जक्शन प्रस्थान गर्दा भयौं। चार दिशाबाट आएका हामी चारले, चार-कप चियाबाट विषय प्रवेश गर्यौं। सदा झैँ विषय प्रवेशका मुद्दा हाम्रा जटील हुदैनन्/रहेनन् पनि। प्रस्तुत उठानका विषयमा धेरै कल्पित राष्ट्रवाद र थोरै यथार्थपरक आफ्ना योजना थिए। यथार्थ योजना मध्यमा हाम्रो (फेसबुक) पेज(युट्युब) भ्लगका-लागि व्यक्तिगत भिजिटिंग-कार्ड बनाउनु पर्ने देखियो। सो कामका-लागि, दीपक-सर र मेरो निर्देशनमा सन्तोष-सरलाई अख्तियारी नै दिईयो। कल्पित र यथार्थबीच-को सीमालाई घटाउँदै लगियो। चार चियाबाट प्रवेश गरेका हामी आठमा रोक्कियौं। सुरेन-सरलाई मकालु-मा छाडेर हामी तीन, सन्तोष-सरका अफिसतर्फ मोडियौं।
म र सन्तोष-सर, वल्लो डेस्कमा, भिजिटिंग-कार्डमा, हाम्रो यो लोगो राख्नका निम्ति डिजाईन गर्न 'फ्री-पिक्'-मा 'भेक्टर' पिक्चर रोज्न थाल्यौँ। पल्लो डेस्कमा दीपक-सर र नारायण-भाई (सन्तोष-सरका भतिज) डिजाईन सम्बन्धी कार्यमै व्यस्त थिए। 
करीब महिना दिनअघि राजिव-गुरु, अजय-सर, म लगायत भएर कम्बोडिया गएका थियौं। सोही क्रममा फर्किदाँ हाम्रो ट्रान्जिट थाईल्याण्ड पर्यो। थाईल्याण्डमा झन्डै एक दिनमानको हिसाबमा समय व्यतित गर्ने अवसर जुट्यो। त्यो दिन अविस्मरणीय रह्यो। अझ रमाइलो एउटा 'कि-रिङ्ग'-ले बनायो। 'कि-रिङ्ग'-मा सानो क्यामेरा थियो। क्यामेराले फल्यास हान्थियो तर फोटो भने नलिने। मलाई 'कि-रिङ्ग'औधि मन पर्यो। मैले किनें।
हामी चार जनाको एक मतमा एउटा लोगोलाई मोडिफाई गर्ने निर्णय भो। थाईल्याण्डवाला 'कि-रिङ्ग' झोलाको फित्तामा झुन्ड्याई राखेको थिएँ। झोला सोफामाथि थियो। 'कि-रिङ्ग' -का बारेमा दीपक-सर र नारायण-भाई अभ्यस्त थिए भने सन्तोष-सर अनभिज्ञ। त्यही अनभिज्ञताको फाईदा उठाउन दीपक-सरले झोला तान्नु भो। दीपक-सर र नारायण-भाईको सक्दो गफ-गाफले, त्यो क्यामेराले फोटो नै लिन्छ भन्ने विश्वास नै दिलाए, सन्तोष-सरलाई। अनि के थियो। दीपक-सरले अह्राएको पोजलाई फ्ल्यास हान्ने काम नारायण-भाईको थियो भने पोज दिने काम सन्तोष-सरको। यो क्रम १०/१५ -फ्ल्यास पछि रोक्कियो। क्रम रोक्किए तापनि दीपक-सर र नारायण-भाई आफैँमा कुरा मिलाउँदै, अघिको कुरामा हाँसिनैरहे।
अन्तत: लोगो डिजाईन गरी छाड्नु भो, सन्तोष-सरले। यही लोगो नै हाम्रो ब्लग-को लोगो बनेको छ। जुन तपाईंले हेर्नु भयो।
अँ! झन्डै बिर्सिएको !! यो क्यामेराको कुरा, हाम्रा सन्तोष-सरलाई यो पोस्ट नपढूनजेल सम्म थाहा नहुन नि सक्छ!!!
… … … पढ्नेलाई फूलको माला।

4 Comments

  1. I fill proud I am also be a part of this story

    ReplyDelete
    Replies
    1. We are blessed, Guru! You are not just part of the story. You are also a part of our life, friendship. We say the beginning is yours. Let's see here too...

      Delete
  2. Good luck for the blogs. Hope to read more n more. Story through ur blogs.
    N ya dipak sir.we also have lots of stories.local stories.best days.good luck

    ReplyDelete
    Replies
    1. We are blessed to have positive thinkers like you. Yes, of course! We will choose the local story as you said...

      Delete

Oldest